IME Life New

वाणिज्य बैंकहरुमा ३६% ले बढ्यो गैरबैंकिङ सम्पत्ति, कुन कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुमा करिब साढे ४३ अर्ब रुपैयाँको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को तथ्यांकअनुसार १९ वाणिज्य बैंकहरुमा ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३१ अर्ब ७३ करोड ३७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा ३६.२७ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ। वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गैरबैंकिङ सम्पत्ति रहेको छैन।

Esewa
Crest

चालु आर्थिक वर्षको असोजसम्म समग्र वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति भने ५१ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुगेको छ। खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थपिँदै गएको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ३ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १६ वटाको बढेको छ। वाणिज्य बैंकहरुमध्ये प्राइम र नेपाल एसबीआई बैंकको गैरबैंकिङ सम्पत्ति १५ प्रतिशतभन्दा बढीले बढेको छ। कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्।

चालु आर्थिक वर्षको असोजसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा रहेको देखिएको छ। यो बैंकमा ६ अर्ब ५ करोड ५९ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकमा ५ अर्ब १२ करोड ८७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति १८.०८ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंक र तेस्रो एनआईसी एसिया बैंकमा रहेको छ। समीक्षा अवधिसम्म हिमालयन ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ र एनआईसी एसियामा ४ अर्ब ४६ करोड ४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति दुवै बैंकमा क्रमशः ८०.२८ प्रतिशत र ५.८२ प्रतिशतले बढेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा २५ करोड ६७ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ।

कुन बैंकमा कति गैरबैंकिङ सम्पत्ति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS