IME Life New

वाणिज्य बैंकहरुमा २०%ले बढ्यो गैरबैंकिङ सम्पत्ति, रु. ४६ अर्ब नाघ्यो, कुनमा कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ। एकातिर अधिक तरलता बढ्दो क्रममा रहनु र अर्कोतिर नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय स्वास्थ्यमा दबाब बढिरहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड चार्टर्डबाहेक)मा ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३६ अर्ब ४१ करोड १४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा २०.०४ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ७ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १२ वटाको बढेको छ। वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सिलय बैंक र एनएमबि बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढीले बढेको छ। ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्।

चालु आर्थिक वर्षको चैतसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको देखिएको छ। यो बैंकमा ६ अर्ब ८ करोड १२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकमा ५ अर्ब १४ करोड ३५ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति १८.२३ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंक र तेस्रो प्राइम कमर्सियल बैंकमा रहेको छ। समीक्षा अवधिसम्म ग्लोबल आइएमईमा ५ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र प्राइममा ४ अर्ब ९९ करोड ६० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति दुवै बैंकमा क्रमशः १.२७ प्रतिशत र १०९.३५ प्रतिशतले बढेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा २३ करोड ३६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा नेपाल बैंकमा गैरबैंकिङ सम्पत्ति १४.४७ प्रतिशतले बढेको छ।

कुन बैंकमा कति गैरबैंकिङ सम्पत्ति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS