IME Life New

सरकारी सेवासुविधा लिन ज्येष्ठ र अशक्त नागरिकका लागि राष्ट्रिय परिचयपत्र छैन अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ज्येष्ठ तथा अशक्त नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नरहेको स्पष्ट पारेको छ।

सरकारले सरकारी सेवासुविधा उपभोगका लागि ज्येष्ठ तथा अशक्त नागरिकका लागि राष्ट्रियर परिचयपत्र अनिवार्य नरहेको स्पष्टोक्ति दिएको हो। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो हेरचाह गर्न नसक्ने, हिँडडुल गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष माथिको ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नभएकोले सरकारी सेवासुविधाबाट वञ्चित नगराउन सम्बन्धित सेवा प्रदायक निकायलाई निर्देशन दिएको छ।

Esewa
Crest

विभागले राष्ट्रिय परिचयपत्र नभए पनि ती नागरिकलाई सरकारी सेवासुविधा लिन बाधा नपर्ने जनाएको छ।

सामाजिक सुरक्षासम्बन्धी, स्वास्थ्य बीमा, राजश्वसम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारीचालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरण, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सीमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो। ‘तर त्यस्ता वर्गका नागरिकका लागि यी सुविधा लिन राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छैन’, विभागका निर्देशक मुकेशकुमार केशरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS