IME Life New

पूर्वस्वीकृति बिना सभा वा र्‍याली नगर्नुः काठमाडौं प्रशासन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृति बिना कुनै पनि प्रकारको सभा वा र्‍याली नगर्न आग्रह गरेको छ।

काठमाडौं प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। प्रशासनले शान्ति सुव्यवस्था कायम गर्न त्यस प्रकारका सभा वा र्‍याली गर्न स्वीकृति नदिने पनि निर्णय गरेको छ।

Esewa
Crest

प्रशासनले भोलि शनिबारका दिन फरक–फरक समूहले काठमाडौं जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको जनाएको छ। ‘गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षतिसमेतका घटनाहरु हुन पुगेको यहाँहरु सबैलाई विदितै छ’, सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थिति बनाइरख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु सुरु भएका छन्। यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिहरुले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएकोले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शनजस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ।’

अतः पूर्व स्वीकृति बिना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्थाबमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS