IME Life New

संस्थापक समूहको ९% शेयर सर्वसाधारणमा परिणत गर्दै एनएमबि लघुवित्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ।

संस्थाले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न संस्थापक समूहको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्न लागिएको जानकारी गराएको छ।

Esewa
Crest

यो परिवर्तनसँगै संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ। हाल संस्थामा संस्थाको समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ।

संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने शेयरधनीहरुलाई २१ दिनभित्र पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालयमा लिखित रुपमा निवेदन दिन संस्थाले आग्रह गरेको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन नपरेको खण्डमा शेयर सर्वसाधारणमा परिणत गर्न मन्जुर भएको मानिने र प्रक्रिया अगाडि बढाइने संस्थाले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS