IME Life New

क्यानडाः लिबरल पार्टीलाई चौथोपटक सत्तामा फर्काउन नेतृत्व गर्ने मार्क कार्नी को हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मार्क कार्नी क्यानडाको प्रधानमन्त्री रहिरहनेछन्। किनकि उनको नेतृत्वमा लिबरल पार्टीले क्यानडाको आमचुनाव जितेको छ।

मार्चमा मार्क लिबरल पार्टीको नेतामा निर्वाचित हुँदा उनले पार्टीको ८५ प्रतिशत मत प्राप्त गरे। आफ्नो चुनावी अभियानका क्रममा उनले विश्वव्यापी आर्थिक संकटसँग जुध्ने अनुभव आफूसँग भएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको कडा रुपमा सामना गर्ने बताएका थिए।

Esewa
Crest

कार्नी क्यानडा र बेलायतमा केहीका लागि परिचित अनुहार हुन्। उनी वित्तीय मामिलाका विशेषज्ञ छन् र बैंक अफ क्यानडा र बैंक अफ इंग्ल्यान्डको नेतृत्व गरिसकिएका छन्।

कार्नीको जन्म फोर्ट स्मिथमा भएको थियो। उनी उत्तरबाट आउने क्यानडाको पहिलो प्रधानमन्त्री हुन्।

कार्नीले हार्वर्ड र अक्सफोर्डजस्ता विश्वविद्यालयहरूमा अध्ययन गरेका छन्। ६० वर्षीय कार्नीले डोनाल्ड ट्रम्पको विरुद्धमा कडा अडान लिएका छन् र उनले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बन्न कहिल्यै नदिने बताएका छन्।

ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउन चाहेको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS