IME Life New

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरञ्जन फुयाँल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुयाँल नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको आज कात्तिक १९ गते बसेको बैठकले फुयाँललाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। फुयाँलको नियुक्ति आजबाटै लागू हुनेछ। उनको कार्यकाल ४ वर्षको हुनेछ।

Esewa
Crest

फुयाँल यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु उपप्रमुख कार्यकारी अधिकृत थिए। उनले गत भदौको मध्यतिर नेप्सेमा राजीनामा दिएका थिए। उनको राजीनामा गत आइतबार स्वीकृत गरेको थियो।

यसअघि एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओ हेमन्त बस्याल थिए। उनी हाल नेप्सेको अध्यक्ष छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS