IME Life New

साउदी अरबमा नाइट लाइफमाथि कडाइ, रियाद र जेद्दामा म्युजिक लाउन्जहरु बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबियाको सरकारले रात्रिकालीन जीवन (नाइट लाइफ)मा कडाइ गरिरहेको छ। रियाद र जेद्दाजस्ता प्रमुख सहरमा धेरै म्युजिक लाउन्ज बन्द गरिँदैछ। रात्रिकालीन संगीत र मनोरञ्जन कार्यक्रम सीमित भइरहेका छन्।

साउदीमा हालैका वर्षहरुमा संगीत कार्यक्रमहरुले उल्लेखनीय रुपमा प्रशंसक प्राप्त गरेका छन्। जसले अतिदक्षिणपन्थी र रुढिवादी समूहहरुमा आक्रोश जगाएको छ। सरकारले बढ्दो विरोधको प्रतिक्रियामा कारबाही गरेको बताइएको छ।

Esewa
Crest

फाइनान्सियल टाइम्समा प्रकाशित खबरअनुसार साउदीले हालैका हप्ताहरुमा रियाद र जेद्दामा कम्तीमा दुई दर्जन म्युजिक लाउन्ज बन्द गरेको छ। अधिकारीहरुले जनस्वास्थ्य र स्वच्छता मापदण्डहरुको गम्भीर उल्लंघनलाई कारणका रूपमा उल्लेख गरेका छन्। यद्यपि, वास्तविक कारण यी गतिविधिविरुद्ध रुढिवादी प्रतिक्रिया हो। यसले साउदी राजकुमार मोहम्मद बिन सलमानले वकालत गर्दै आएको उदारवादको वकालत रुढिवादीहरुको अगाडि झुकेको छ कि छैन भन्ने प्रश्न उठाएको छ।

गायक फलाह अल–मसरेदेले गत महिना भाइरल स्न्यापच्याट भिडियोमा पूर्वी रियादमा रहेको आफ्नो अपार्टमेन्ट नजिकैका लाउन्जहरुका बारेमा गुनासो गरे। उनले भने, ‘जब म प्रहरीमा गएँ तब मेरो आवाज सुनिएन। प्रहरीले मलाई सम्बन्धित नगरपालिकामा पठायो। महिलाहरु आवासीय क्षेत्रमा पुरुषहरुको घर अगाडि रहेको लाउन्जमा प्रवेश गरिरहेको देखिन्छ।’

राजकुमार मोहम्मद बिन सलमान सत्तामा आउनुभन्दा पहिले जनसंख्या भएका क्षेत्रहरुमा शिशा क्याफेहरु खोल्न अनुमति थिएन। हालैका वर्षहरुमा उनले साउदीमा संगीत महोत्सव, खेलकुद प्रतियोगिता र रेभ पार्टीहरुको ढोका खोलेका थिए। रियाद बुलेभार्ड निर्माण गरिएको थियो। जसमा रेस्टुरेन्ट, संगीत हल र अन्य आकर्षणहरुको एउटा परिसर छ।

साउदी गृह मन्त्रालयले विरोध प्रदर्शनपछि ‘अनैतिक कार्यहरु’लाई रोक्नका लागि एउटा नयाँ इकाइ गठन गरेको छ। धेरै लाउन्जहरु बन्द गर्नु साउदी समाजको खुलापनको माग र रुढिवादीहरुको आदेशबीच सन्तुलन कायम गर्ने प्रयासजस्तो देखिन्छ। विज्ञहरु भन्छन्, ‘राजकुमार सलमान समाजमा सन्तुलन कायम गर्ने प्रयास गरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS