IME Life New

निफ्राले सच्चायो साधारणसभासम्बन्धी सूचना, राख्यो लाभांशको अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफ्नो सातौँ वार्षिक साधारणसभासम्बन्धी सूचना सच्चाएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साधारणसभाको छुटको लाभांशको अजेन्डासहितको सूचना पठाएर सच्चाएको हो। यो सूचनाको बोद्धार्थ अन्य नियामक निकायलाई पनि गरिएको छ।

Esewa
Crest

निफ्राले आज पत्रिकामा प्रकाशन गरेको सूचनामा सञ्चालक समितिले भदौ १९ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१।८२ शेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांशको अजेन्डा छुटाएको थियो। योसँगै सञ्चार माध्यमहरुमा चर्को आलोचना भएपछि निफ्राले पुनः सूचना निकालेर लाभांश अजेन्डा राखेको हो।

सञ्चालक समितिले आर्थिक वर्ष २०८१।८२ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१५७ प्रतिशत हुन आउने २ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अब यो लाभांश निफ्राको साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

निफ्राले यही मंसिर २३ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेटमा बिहान ९ बजे डाकेको छ। सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्नेछ।

सभा प्रयोजनका लागि निफ्राले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै निफ्राको सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS