IME Life New

सूर्यज्योति लाइफको १ लाख कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख कित्ता शेयर आज साउन १४ गतेबाट बिक्रीमा राखेको छ।

बैंक आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

इच्छुक लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद निवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २३२ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकका शाखाहरु थापाथली, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन २९ गते बैंकिङ समयसम्म रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS