IME Life New

एनआईसी एशिया बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा प्रदान गरिने सेवाहरूमा विशेष छुट पाउने समझदारी भएको छ। नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन फ्रन्टलाइन हस्पिटलसँग बैंकले गरेको सहकार्यअनुसार ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौतापत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका क्लिनिकल प्रेसिडेन्ट डा। योगेश न्यौपानेले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा उपलब्ध सेवा लिँदा छुट पाउने छन्। यसका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ।

Esewa
Crest

बैंकले यस सहकार्यले ग्राहकहरूलाई स्वास्थ्य सेवामा राहत दिने मात्र होइन, मुलुकमा डिजिटल भुक्तानी संस्कृतिको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने विश्वास लिएको छ। यस किसिमको साझेदारीबाट नगदरहित कारोबारलाई प्रवाह दिने, ग्राहक सेवा प्रभावकारी बनाउने र डिजिटल इकोसिस्टम सुदृढ पार्न टेवा पुग्ने बैंकले उल्लेख गरेको छ।

फ्रन्टलाइन हस्पिटलले काठमाडौं उपत्यकामा स्वास्थ्य उपचारका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ भने एनआईसी एशिया बैंक डिजिटल भुक्तानी र नवप्रवर्तनशील बैंकिङ सेवामा अग्रणी मानिन्छ। स्वास्थ्य र वित्तीय सेवा क्षेत्रको यस्तो सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास दुबै पक्षले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS