IME Life New

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६ः सातै प्रदेशका ४ हजारभन्दा धेरै लाभान्वित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले स्थानीय स्तरका विद्यालय तथा कलेजहरुमा विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै उनीहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गरेका छन् ।

यस अभियान अन्तर्गत हप्ताभरीमा सञ्चालन गरेका ६७ भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् । साथै, बैंकले नेपाल राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिलाई अझ व्यापक बनाउन विभिन्न सामग्रीहरु निर्माण गरी बैंकको सामाजिक सञ्जालहरुमा समेत प्रकाशन गरेको थियो ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा थप सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS