IME Life New

नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ ग्रहण गरेका हुन्। पौडेलले आजै राष्ट्र बैंकमा कार्यभार सम्हाल्नेछन्।

Esewa
Crest

बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो। गत चैत २४ गते महाप्रसाद अधिकारीले अनिवार्य अवकाश पाएपछि गभर्नर पद रिक्त रहेको थियो।

पौडेलले अब ५ वर्ष गभर्नरका रुपमा काम गर्नेछ। अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल गरेका पौडेलले अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का समेत आर्थिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS