IME Life New

सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्यले ग्रहण गरे पदभार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले आज माघ १२ गते पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पु¥याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको MNIT, Jaipur मा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, शैक्षिक उपलब्धिहरु मध्ये एस.एल.सी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए ।

Esewa
Crest

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नु अघि उनी बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन् ।

उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उहाँले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS