IME Life New

शेयरको अन्तिम कारोबार मूल्यसम्बन्धी नयाँ नियम भोलिबाट कार्यान्वयनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारमा शेयरको अन्तिम कारोबार मूल्यसम्बन्धी नयाँ नियम कार्यान्वयन मा ल्याउने भएको छ।

नेप्से सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले अन्तिम कारोबार मूल्यसम्बन्धी नयाँ नियम कार्यान्वयन गर्ने निर्णय गरेको हो। यो नयाँ नियम भोलि चैत ७ गतेबाट दोस्रो बजारमा कार्यान्वयनमा आउनेछ।

Esewa
Crest

अब नियमित कारोबारसत्रमा दिउँसो २ः४५ देखि ३ बजेसम्म कायम शेयरमूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम हुने नेप्सेले जनाएको छ। उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले स्पष्ट पारेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएर आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ अनुसार यो नयाँ नियम नेप्सेले कार्यान्वयन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS