IME Life New

शेयर बजारमा आजबाट कार्यान्वयनमा आउँदै सर्किट ब्रेकर र शेयरमूल्य घटबढ सीमाको नयाँ नियम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा उच्च उतारचढवालाई नियन्त्रण गर्न आज सोमबारदेखि नयाँ सर्किट ब्रेकरको नियम कार्यान्वयनमा आउने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज वैशाख ७ गतेबाट नयाँ सर्किट ब्रेकरको नियम लागू गर्ने भएको हो। यसअघिको ३ वटा सर्किट ब्रेकरको व्यवस्थालाई घटाएर २ वटामात्र गरिएको छ।

Esewa
Crest

नेप्सेले कारोबार विनियमावलीमा गरिएको चौथो संशोधन नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेसँगै नयाँ नियम लागू गर्न लागिएको हो।

अब शेयर बजारको उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो २ घन्टाभित्र बजार ५ प्रतिशत घटबढ भएमा पहिलो सर्किट ब्रेक र फेरि कुनै पनि समयमा ८ प्रतिशतले बजार घटबढ दोस्रो सर्किट ब्रेक लाग्नेछ। अब पहिलो ५ प्रतिशतको सर्किट ब्रेकपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ। दोस्रो ८ प्रतिशतको ब्रेकपछि बाँकी समयको कारोबार स्थगित गरिनेछ।

यसअघि बजारको उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो घन्टामा ४ प्रतिशतले घटबढमा, त्यसपछि ५ प्रतिशतले घटबढमा र ६ प्रतिशतमा घटबढ सर्किट ब्रेक लगाउने व्यवस्था छ। जसअनुसार ४ प्रतिशतमा सर्किट ब्रेकर लगाएर २० मिनेट कारोबार स्थगित गर्ने, त्यसपछि ५ प्रतिशतमा सर्किट ब्रेकर लगाएर ४० मिनेट कारोबार स्थगित गर्ने र अनि फेरि ६ प्रतिशतमा सर्किट ब्रेकर लगाएर बाँकी समयको कारोबार स्थगित गर्ने प्रावधान रहेको थियो।

यसैगरी नेप्सेले हालको प्रि–ओपन सेसनमा शेयरमूल्य घटबढको अधिकतम सीमा वृद्धि गरेर ५ प्रतिशत र नियमितसत्रमा १५ प्रतिशतसम्मको व्यवस्था लागू गरिँदैछ। यसअघि प्रि–ओपन सेसनमा शेयरमूल्य घटबढको अधिकतम सीमा २ प्रतिशत र नियमितसत्रमा १० प्रतिशतसम्मको व्यवस्था रहेको थियो।

त्यस्तै संशोधित व्यवस्थाअनुसार अब आफ्टर मार्केट पनि शेयर खरिद–बिक्रीका लागि अर्डर प्लेसमेन्ट गर्न सकिन्छ। विदेशमा रहेका नेपालीले आफू रहेको देशबाट शेयर कारोबार गर्न असहज भएको गुनासो प्राप्त भएपछि आफ्टर मार्केट अर्डर प्लेसमेन्टको सुविधा संशोधित व्यवस्थामार्फत थपिएको हो। यो व्यवस्था कायम भएमा पुँजीबजार विकास र विस्तारमा थप टेवा पुग्ने जानकारहरुको मत छ।

आफ्टर मार्केट अर्डरको सुविधा भने ब्रोकरमा भर पर्नेछ। ब्रोकरको टीएमएसमा यो सुविधा थप गरिएपछि लगानीकर्ताले प्रयोग गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS