IME Life New

अमेरिकाको एच-१बी भिसामा नयाँ संकटः टेक्सासले सन् २०२७ सम्म लगायो नयाँ आवेदनमा प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको टेक्सासका रिपब्लिकन गभर्नर ग्रेग एबोटले एच–१बी भिसा कार्यक्रमको सम्बन्धमा एउटा ठूलो र कडा निर्णय लिएका छन्। उनले सबै राज्य एजेन्सी र सार्वजनिक विश्वविद्यालया नयाँ एच–१बी भिसा आवेदनतुरुन्तै रोक्न आदेश दिएका छन्। यो प्रतिबन्ध सन् २०२७ मे ३१ सम्म लागू रहनेछ।

एबटले एजेन्सी प्रमुखहरुलाई लेखेको पत्रमा संघीय एच–१बी भिसा कार्यक्रमको दुरुपयोगको उजुरीहरु बाहिर आएको बताएका छन्। उनले अमेरिकी जागिरहरु अमेरिकी कामदारहरुमा जाने कुरा सुनिश्चित गर्ने महत्वमा जोड दिए। उनले थपे, ‘राज्य सरकारले करदाता–वित्त पोषित कामहरुमा उदाहरण स्थापित गर्नुपर्छ।’

Esewa
Crest

यो निर्णय टेक्सासका सार्वजनिक विद्यालय, विश्वविद्यालय र सम्बद्ध संस्थाहरुमा एच–१बी भिसाको प्रयोगको जाँच गर्ने अनुसन्धानपछि आएको हो। एच–१बी भिसा कार्यक्रमले अमेरिकी रोजगारदाताहरुलाई विशेष भूमिकाहरुको लागि विदेशी पेसेवरहरुलाई काममा राख्न अनुमति दिन्छ। जसलाई सामान्यतया कम्तीमा स्नातक डिग्री चाहिन्छ।

प्रत्येक वर्ष ६५ हजार एच–१बी भिसा

टेक्सासमा यो भिसा प्रणाली विश्वविद्यालय, चिकित्सा केन्द्र र केही स्कुल जिल्लाहरुका लागि महत्त्वपूर्ण मानिएको छ। जहाँ प्राध्यापक, अनुसन्धानकर्ता, डाक्टर र शिक्षकजस्ता पदका लागि स्थानीय प्रतिभाहरु पाउन गाह्रो छ। प्रत्येक वर्ष ६५ हजार एच–१बी भिसा जारी गरिन्छ। जसमा एड्भान्स डिग्री भएकाहरुका लागि थप २० हजार भिसाहरु दिइन्छ।

कम ज्यालामा एच–१बी कामदारलाई काममा राखेको दाबी

यद्यपि, एबटले कार्यक्रमको उद्देश्य अमेरिकी कार्यबललाई प्रतिस्थापन गर्नु होइन, पूरक बनाउने दाबी गर्छन्। धेरै अवस्थामा रोजगारदाताहरुले योग्य अमेरिकी कामदारहरुलाई भर्ती गर्न इमान्दार प्रयास नगरेको उनको आरोप छ र केही अवस्थामा अमेरिकी कर्मचारीहरुलाई कम ज्यालामा एच–१बी कामदारहरुले प्रतिस्थापन गरेको छ।

एच–१बी भिसाका लागि नयाँ नियमहरु

नयाँ निर्देशनअन्तर्गत गभर्नरद्वारा नियुक्त प्रमुखहरु भएको कुनै पनि राज्य एजेन्सी वा सार्वजनिक उच्च शिक्षा संस्थाले टेक्सास कार्यबल आयोगको लिखित अनुमति बिना नयाँ एच–१बी याचिकाहरु दायर गर्न सक्ने छैन। सबै सम्बन्धित संस्थाहरुले मार्च २०२६ सम्ममा भिसाधारकहरु, उनीहरुको भूमिका र स्थानीय भर्ती प्रयासहरुको विवरण सहितको विस्तृत प्रतिवेदन पनि बुझाउनुपर्नेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS