IME Life New

आन्तरिक उडानको नयाँ हवाई भाडादर सार्वजनिक, कुन रुटमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक हवाई उडानको नयाँ भाडादर सार्वजनिक भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको अधिकतम हवाई भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ। काठमाडौं–विराटनगरको ९ हजार ७८५, काठमाडौं–भरतपुरको ४ हजार ६४३ र काठमाडौं–भद्रपुरको १२ हजार ११२ रुपैयाँ भाडादर तोकिएको छ।

Esewa
Crest

नयाँ भाडादरअनुसार काठमाडौं–पोखराको ६ हजार ६३५ रुपैयाँ, काठमाडौं–नेपालगन्जको १३ हजार १०३ रुपैयाँ, काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ, काठमाडौं–भैरहवाको ८ हजार ४६१ रुपैयाँ, काठमाडौं–राजविराजको ८ हजार २१० रुपैयाँ, काठमाडौं–सुर्खेतको ९ हजार ३० रुपैयाँ र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ तोकिएको छ।

यो उच्चतम हवाई भाडादर भएकाले यसभन्दा कम मूल्यमै टिकट बिक्रीवितरण गर्न प्राधिकरणले वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता र ट्राभल एजेन्सीहरुलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS