IME Life New

सहकर्मीसँग अफेयरमा रहेको पुष्टि भएपछि नेस्लेका सीईओको जागिर चट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एफएमसीजी कम्पनी नेस्लेले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ) लरेन्ट फ्रेक्सलाई बर्खास्त गरेको छ। एक सहकर्मीसँग अफेयरमा रहेको पुष्टि भएपछि फ्रेक्सलाई सीईओबाट बखास्त गरिएको हो।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै फ्रेक्सले कम्पनीलाई यो सम्बन्धका बारेमा जानकारी पनि नदिएको जनाएको छ। ‘यो नियमको उल्लंघन हो’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

कम्पनीले फ्रेक्सलाई बर्खास्त गरेलगत्रै वरिष्ठ उपाध्यक्ष र नेस्लेको कफी रणनीतिक व्यापार इकाइका प्रमुख फिलिप नव्राटिललाई नयाँ सीईओका रुपमा नियुक्त गरेको छ।

नेस्लेले फ्रेक्सलाई बर्खास्त गर्ने निर्णय छानबिनपछि लिइएको जनाएको छ। जसले उनको आफ्नो प्रत्यक्ष अधीनस्थ (पीए) सँग प्रेम सम्बन्ध रहेको खुलासा गरेको छ।

यो अनुसन्धान कम्पनीका अध्यक्ष पल बुल्के र प्रमुख स्वतन्त्र निर्देशक पाब्लो इस्लाद्वारा निरीक्षण गरिएको थियो। जसमा बाहिरी वकिलहरुको पनि सहयोग लिइएको थियो। पल बुल्केले भने, ‘यो निर्णय आवश्यक थियो। नेस्लेको मूल्यमान्यता र सिद्धान्त हाम्रा लागि धेरै अर्थ राख्छन्। म फेक्सलाई उनको धेरै वर्षको सेवाको लागि धन्यवाद दिन्छु।’

फ्रेक्सलाई गत वर्षमात्र सीईओमा नियुक्त गरिएको थियो। फ्रेक्सले कम्पनीमा लगभग ४० वर्ष काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS