IME Life New

शेयर बजार बुधबारबाट खुला गर्ने नेप्सेको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजार पर्सि बुधबार (असोज १ गते)बाट खोल्ने तयारी गरिरहेको छ।

जेनजी आन्दोलनका कारण शेयर बजार भदौ २५ गतेदेखि बन्द रहेको छ। ‘शेयर बजार खुला गर्ने तयारी भइरहेको छ’, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘पर्सि बुधबारबाट खोल्ने विषयमा छलफल भइरहेको छ।’

Esewa
Crest

जेनजी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखेर नेप्सेले शेयर बजार बन्द गरेको छ। पछिल्लो सूचनामा नेप्सेले असोज २ गतेसम्म बजार बन्द रहने जानकारी गराएको थियो।

परिस्थिति सामान्य बन्दै गएको र बैंक तथा वित्तीय संस्थाहरु पनि खुलिसकेको अवस्थामा शेयर बजार खुला गर्न नेप्सेमा दबाब परेको थियो। ‘नेप्सेले बजार खोल्ने विषयमा नेपाल धितोपत्र बोर्डलाई पनि जानकारी गराइसकेको छ’, नेप्से स्रोतले भन्यो, ‘धितोपत्र बोर्डले पनि बजार खोल्न भनिसकेको छ। त्यसैले अब बुधबारबाट बजार खोल्ने नेप्सेले तयारी गरिरहेको हो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS