IME Life New

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब ९ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ७७ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावरको ११ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । मोदी इनर्जीका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ३ दशमलव ३६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १४ दशमलव ७९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS