IME Life New

नेप्सेमा ६ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब १७ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ०३ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ । आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS