काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ५० अंकले बढेर २,५९७ को विन्दुमा कायम भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३७१ कम्पनीको ९४ लाख ६९ हजार ९९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो २४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा डिबेञ्चरको २३ करोडको कारोबार भएको छ । एनआरएनको २२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फन्डका इकाईधनीले कमाएका छन् । आज यसका यकाईधनीले १४ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १४ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले १४ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतका दरले गुमाएका हुन् ।












