IME Life New

नेप्से ४८ अंकले बढ्यो, कारोबार रकम ९ अर्ब ९१ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४८ दशमलव ७१ अंकले बढेर २,८५१ को विन्दुमा कायम भएको छ । आज २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको मात्रै घटेको छ ।

आज दिनभरिमा ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४१ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३९ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त, रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रो र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सुपर खुदी र सूर्यकुण्डका लगानीकर्ताले भने ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS