IME Life New

नेप्सेमा ४.९९ अंकको वृद्धि, कारोबार रकम ६ अर्ब ३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ९९ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनकिो घटेको छ ।

आज दिनभरिमा ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ३२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कालित्तचोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले १३ दशमलव ३७ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ८ दशमलव ५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा डिबेञ्चर २०८९ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ दशमलव ६४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS