IME Life New

नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ८३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अंकले बढेर २,९६० को विन्दुमा कायम भएको छ । आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ५७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडिसीएलको ४५ करोड ७० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS