IME Life New

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब ६२ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ८२ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड २४ लाख रुपैयााको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २६ करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । कलंगा हाइड्रोका लगानीकर्ताले ४ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल समृद्धि फन्ड २ का यकाईधनीले ४ दशमलव ०५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एलएस होराजइन १२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ दशमलव ५० प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS