काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २७ दशमलव ४९ अंकले बढेर २,७४९ को विन्दुमा कायम भएको छ । आज २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल फरेष्ट इनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १३ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट इनका लगानीकर्ताले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले ६ दशमलव १२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ५४ प्रतिशतका दरले गुमाएका हुन् ।












