IME Life New

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम साढे ५ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव २५ अंकले घटेर २,६४१ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ३८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ४१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ११ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ दशमलव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS