IME Life New

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ४० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजारमा सामान्य वृिद्ध भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ७९ अंकले बढेर २,६६७ को विन्दुमा कायम भएको छ । आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५० कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको २७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । शिखर पावरका लगानीकर्ताले ५ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । रिडी पावरका लगाीकर्ताले ५ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ०३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS