IME Life New

नेप्सेमा झिनो वृद्धि, कारोबार रकम ३ अर्ब ५३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार सामान्य बढेर बन्द भएको छ । हिजो पनि सामान्य बढेर बन्द भएको बजार आज पनि झिनो अंकले बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ० दशमलव ५५ अंकले बढेर २,६४२ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४८ कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ६० लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ६ लाख रुपैयााको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको १० करोड ९९लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै माउन्ट एभरेष्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ५ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । एचआइडिसीएलका लगानीकर्ताले ४ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसीका डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS