IME Life New

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब १७ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १४ अंकले बढेर २,५९० को विन्दुमा कायम भएको छ । आज १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३६२ कम्पनीको ८४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंक डिबेञ्चर २०८३ को कारोबार भएको छ । आज यसको ४४ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । आरबीबीएल डिबेञ्चर २०८८ को ३३ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशिया डिबेञ्चरको २१ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १२ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् । एनएमबि डिबेञ्चरका इकाईधनीले ९ दशमलव २० प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ६ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशमलव ३२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS