IME Life New

नेप्सेले मुख खोल्यो, भन्यो-‘नेप्से एआई हाम्रो आधिकारिक उत्पादन वा सेवा होइन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘नेप्से एआई’ आफ्नो आधिकारिक उत्पादन वा सेवा नभएको स्पष्ट पारेको छ।

नेप्सेले आज एक सूचना जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘नेप्से एआई नामक कुनै एप वा सेवा नेप्सेको आधिकारिक उत्पादन वा सेवा होइन’, सूचनामा भनिएको छ, ‘यसका साथै हालसम्म नेप्सेले कुनै पनि मोबाइल एपमार्फत प्रत्यक्ष शेयर कारोबारको सुविधा प्रदान गरेको छैन।’

Esewa
Crest

हालै सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत नेप्से एआई नामक एप प्रयोग गरी ‘यहाँ क्लिक गर्नुहोस् र एआईबाट शेयर विश्लेषण वा कारोबार गर्नुहोस्’ भन्ने किसिमका भ्रामक तथा झुटा सन्देश पठाएर केही व्यक्तिलाई धोका दिई रकम ठगीसमेत गरेको जानकारी प्राप्त भएको नेप्सेले जनाएको छ।

‘यस प्रकारका भ्रामक सन्देश, लिंक वा एपहरुमा क्लिक नगर्न, कुनै पनि व्यक्तिगत विवरण (बैंक खाता, पासवर्ड, ओटीपी आदि) प्रदान नगर्न र आर्थिक कारोबार नगर्न सबैलाई अनुरोध छ’, नेप्सेले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS