IME Life New

नेप्सेले शेयर खरिद अर्डरमा ब्रोकरहरुलाई दियो दुई बुँदे कडा निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारमा शेयर खरिद अर्डर प्लेसमेन्ट (आदेश प्रविष्ट)मा कारोबार सदस्य (शेयर ब्रोकर र स्टक डिलर)हरुका लागि दुई बुँदे कडा निर्देशन जारी गरेको छ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८(१) मा रहेको खरिद आदेश प्रविष्ट गर्ने सीमा कार्यान्वयन गर्न भन्दै ब्रोकरहरुका लागि निर्देशन जारी गरेको हो। विनियमावलीमा रहेको व्यवस्थाविपरीत ब्रोकरहरुले लगानीकर्ताको वास्तविक कोल्याट्रल लिमिट रकमभन्दा बढी गुणामा खरिद आदेश प्रविष्टी गर्न दिने, अस्थायी खरिद आदेश प्रविष्टी गरी माग उच्च देखाउनेलगायतका कार्य गरी बजारमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप गरेको देखिएको नेप्सेले जनाएको छ। त्यस्ता क्रियाकलाप गरेको देखिएमा धितोपत्रको प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि नेप्सेले दिएको छ।

Esewa
Crest

यस्ता छन् निर्देशन

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८(१) अन्तर्गत कारोबार सदस्य (ब्रोकर)ले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकम कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिने।

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम (८)को व्यवस्था विपरीत लगानीकर्ताको कोल्याट्रल लिमिटभन्दा बढी रकम खरिद तथा बिक्री आदेश रद्द गर्ने उद्देश्यले प्रविष्टी गर्नका लागि उपलब्ध गराउने कार्य नगर्ने÷नगराउने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS