काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ५७ अंकले बढेर २,७३६ को विन्दुमा कायम भएको छ । आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५६ कम्पनकिो ९२ लाख ८३ हजार ३२६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड माथिको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड २७ लाख रुपैयााको शेयर कारोबार भएको छ । सिटी होटलको १६ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । एपोलो हाइड्रोपावरका लगानकिर्ताले पनि १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । आज यसका इकायृधनीले ८ दशमलव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।












