IME Life New

नेप्सेमा ८.७८ अंकको वृद्धि, कारोबार रकम बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ८ दशमलव ७८ अंकले बढेर २,६६१ को विन्दुमा कायम भएको छ । आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५९ कम्पनीको ८९ लाख ६४ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज भने कारोबार रकम बढेको छ । आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया डिबेञ्चरको ४० करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रो र कालांगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS