काठमाडौं । शेयर बजारमा मा सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर २,५७६ को विन्दुमा कायम भएको छ । आज १६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३८३ कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि बढेको हो । आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०९० को इकाई कारोबार भएको छ । आज यसको ५२ करोड ७१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । एनएमबि डिबेञ्चरको ३९ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको छ । नेपाल एसबिआई बैंडक डिबेञ्चरको ३७ करोड ५१ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कामना सेवा विकास बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० दशमलव २२ प्रतिशतका दरले कमाएका हुन् । सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव १९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ६८ प्रतिशतका दरले गुमाएका हुन् ।












