IME Life New

नेप्सेमा १० अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ४५ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ३० अंकले बढेर २,६४८ को विन्दुमा कायम भएको छ । आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २५ करोड ४७ लाख रुपैयााको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् । सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ५ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS