काठमाडौं । आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ६६ अंकले बढेर २,५४२ को विन्दुमा कायम भएको छ । आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४६ कम्पनीको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा मिडिल तमोरको १३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको १२ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ७६ प्रतिशतका दरले कमाएका हुन् । चिरख्वा हाइड्रोका लगानीकर्ताले ८ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानकिर्ताले ८ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।












