IME Life New

प्राविधिक समस्या समाधानपछि सच्चियो नेप्से परिसूचक, बढ्यो शेयर बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको शेयर बजार परिसूचक सच्चाएको छ। प्राविधिक गडबडीका कारण घटेको बजार नेप्सेले समस्या समाधान गरेपछि बढेको छ।

कारोबार समय सकिँदै शेयर बजारमा आज अस्वाभाविक गिरावटमा आएको थियो। त्यसपछि नेप्से परिसूचकप्रति लगानीकर्ता सशंकित भएका थिए।

Esewa
Crest

आज नेप्से परिसूचक अन्तिम समयमा १२ अंकले बढेर बन्द भएको थियो। तर, २० मिनेटपछिको अद्यावधिकमा नेप्से २ अंकले घटेर २९६२ को विन्दुमा बन्द भएको देखिएको छ।

हालै नेप्से २ः४५ बजेदेखि ३ बजेसम्मको औसत गणना गर्ने निर्णय लागू गरेको छ। यो नियम लागू भएसँगै बजार बन्द भएको करिब २० मिनेटपछि मात्रै परिसूचकहरु अद्यावधिक हुनु गरेको छ।

यो नियम लागू भएपछि हालसम्म बजार परिसूचकमा करिब ४–५ अंकको फरक देखिने गरेको थियो। तर, आज भने १४ अंक फरक देखिएको थियो।

यसरी ठूलो अंकको अन्तर देखिएपछि लगानीकर्ताले नेप्सेको तीव्र आलोचना गरेका छन्। सामाजिक सञ्जालमा पनि लगानीकर्ताहरुले यो विषयमा कुरा उठाएका छन्।नेप्सेले सूचना नै जारी गरेर सरोकारवालाबाट आएको नेप्से परिसूचक

गणना फरक परेको भन्ने विषयमा अध्ययन भइरहेको जानकारी गराएको छ। अहिले प्राविधिक समस्या समाधान भएपछि नेप्से परिसूचक ७.१० अंकले बढेको छ। योसँगै नेप्से २९७१.३१ को विन्दुमा उक्लिएको छ।

नेप्सेको प्रविधि १५ मिनेटको औसत गणनाको नियमभन्दा पुरानै अवस्थामा फर्किएका कारण अन्तिम समयमा बजार घटेको देखिएको नेप्से स्रोत बताउँछ। ‘तर, समस्या समाधान भएको छ, बजार बढेको छ’, नेप्से स्रोत बताउँछ, ‘प्राविधिक समस्या आउँदा आज परिसूचकमा त्रुटि भयो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS