काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । नेप्सेको यो घटाई आज चौथो दिन हो । आज नेप्से परिसूचक ० दशमलव ०४ अंकले घटेर २,६६२ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६९ करोडको शेयर कारोबार भएको हो । हिजोको तुलनामा आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ८ अर्ब ६१ करोडको शेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ६२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ५८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिडी पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ६७ प्रतिशतका दरले कमाएका हुन् । सिंगटी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युतका इकाईधनीले ७ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ३९ प्रतिशतका दरले गुमाएका हुन् ।












