काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि शेयर बजार घटेर बन्द भएको छ । हिजो पनि घटेर बन्द भएको मार्केट आज पनि सामान्य अंकले घटेर बन्द भएको हो । आज नेप्से परिसूचक २ अंकले घटेर २,६४९ को विन्दुमा कायम भएको छ । आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५९ कम्पनीको ७७ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६ ८७ को इकाई कारोबार भएको छ । आज यसको ३३ करोड १६ लाख रुपैयाँको इकाई कारोबार भएको हो । ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४ ८५ को २८ करोड ५७ लाख रुपैयाँको इकाई कारोबार भएको छ । नेपाल बैंक डिबेञ्चरको २२ करोड ३४ लाख रुपैयाँको इकाई कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिननै कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । टक्सार पिखुवाखोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १० दशमलव ७६ प्रतिशतका दरले गुमाएका हुन् ।












