काठमाडौं । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर २,७७२ को विन्दुमा कायम भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ ।
१३ अर्ब ७८ करोड माथिको शेयर कारोबार हुँदा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ३९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३२ करोड माथिको शेयर कारोबार भएको छ ।













