IME Life New

नेप्सेका अध्यक्ष र सीईओको नियुक्तिमा छानबिन गर्न कर्मचारीको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंको नियुक्तिका विषयमा छानबिन गर्न माग गरेका छन्।

नेप्से कर्मचारी संघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। संघले अध्यक्ष बस्याल र सीईओ चापागाईंको नियुक्ति र कामकारबाहीका सम्बन्धमा छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

Esewa
Crest

संघले अर्थ मन्त्रालयमा विज्ञप्ति बुझाउँदै यस्तो माग गरेको हो। नेप्सेका कर्मचारी बोनसको विषयलाई लिएर विगत २५ दिनदेखि आन्दोलनमा छन्। उनीहरुले कानुनतः पाउनुपर्ने ५ प्रतिशत बोनस माग गरेका छन्। तर, अर्थ मन्त्रालयले भने विगत ३–४ वर्षदेखि पत्र पठाउँदै १ प्रतिशतमात्र बोनस वितरण गर्न निर्देशन दिएको छ।

यो मुद्दा अहिले सर्वोच्चमा पुगेको छ। नेप्से व्यवस्थापन समितिले बुधबार सर्वोच्चमा रिट दायर गरेर बोनसका विषमा कानुनी व्याख्या गरिदिन आग्रह गरेको छ।

nepse

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS