काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २,६५३ को विन्दुमा कायम भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४५ कम्पनीको ८५ लाख ८४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बन्डको कारोबार भएको छ । आज यसको ४३ करोड माथिको कारोबार भएको छ । केबिएल डिबेञ्चरको ३९ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । एनआरएनको १७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सानिगाढ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । स्नो रिभर्सका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कालंगा हाइड्रोका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३ दशमलव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।












