IME Life New

‘नेप्सेले शेयर किन्न-बेच्न सल्लाह दिँदैन’, शंकास्पद सामग्री देखिए जानकारी दिन आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कसैलाई नेप्सेले शेयर किन्न वा बेच्न सल्लाह नदिने गरेको स्पष्ट पारेको छ।

नेप्सेले आज एक सूचना यस्तो स्पष्टोक्ति दिएको हो। ‘केही समययता नेप्सेको नाममा सामाजिक सञ्जालहरुमा शेयर बजारसम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप, शेयर किनबेचका सिफारिस, नक्कली भिडियो–अडियोलगायतका झुठा दाबीहरु देखिन थालेका छन्’, सूचनमा भनिएको छ, ‘यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पार्छ।’

Esewa
Crest

नेप्सेले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा विक्री गर्ने मूल्य नतोक्ने सूचना प्रस्ट पारिएको छ। ‘त्यस किसिमका सामग्री नितान्त भ्रामक र अनधिकृत हुन्’, नेप्सेले भनेको छ।

नेप्सेले सूचना वा प्रेस–नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालबाट प्रकाशित गर्ने गरेको जनाएको छ। ‘नेप्सेको नाम अनधिकृत प्रयोग गर्ने, नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर वेबसाइट चलाउने, एप बनाउने, च्याट ग्रुप बनाउने लगायतका कार्य दण्डनीय अपराध हुन्’, नेप्सेले भनेको छ, ‘हल्ला, उक्साहट, अनधिकृत च्याट–ग्रुप, क्लबहाउस, टेलिग्रामलगायतका आधारमा कारोबार नगर्नुहोस्।’

नेप्सेको नाम, लोगो वा भवनको तस्बिर प्रयोग गरेर एप वा पेज वा समूह बनाइएका माध्यमहरुमा व्यक्तिगत विवरण नदिन पनि नेप्सेले आग्रह गरेको छ। ‘कसैलाई पनि आफ्नो पासवर्ड नदिनुहोस्’, नेप्सेले भनेको छ।

शंकास्पद सामग्री देखिएमा स्क्रिनसट वा लिंकसहित नेप्सेलाई [email protected] मार्फत जानकारी दिन पनि सूचनामा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS