IME Life New

नट्स लगइनमार्फत सूचना र जानकारी पठाउने व्यवस्था कार्यान्वयन गर्न कम्पनीहरुलाई नेप्सेको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई नट्स लगइनमार्फत सूचना तथा जानकारी पठाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

नेप्सेको सूचीकरण शाखाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। नेप्सेले सूचना तथा जानकारी पठाउनमा कम्पनीहरुलाई नट्स लगइन उपलब्ध गराएको छ।

Esewa
Crest

कम्पनीहरुले त्यही नट्स लगइनमार्फत प्रविष्ट सूचना तथा जानकारी नेप्सेको वेबसाइटमा सम्प्रेषण भइरहेको छ। तर, अझै पनि कतिपय सूचीकृत कम्पनीहरुले कम्पनी प्रोफाइल, कन्ट्याक्ट डिटेल, बोर्ड अफ डिरेक्टर्स, फाइनान्सियल रिपोर्टलगायतका विवरण प्रविष्ट तथा अद्यावधिक नगरेको देखिएको नेप्सेले जनाएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौतापत्रमा उल्लेखित विषयहरुको पूर्ण पालना गरी त्यस्ता विवरणहरु यथाशीघ्र प्रविष्ट तथा अद्यावधिक गर्न नेप्सेले निर्देशन दिएको छ। सूचीकृत कम्पनीबाट प्रविष्ट भएका विवरण नेप्सेको वेबसाइटमार्फत लगानीकर्तामा सम्प्रेषण हुने भएकोले यो कार्य तत्काल कार्यान्वयन गर्न नेप्से आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS