काठमाडौं । आज साताको अन्तिम कारोबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १० दशमलव ६७ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४४ कम्पनीको १ करोड २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोका लगानीकर्ताले १३ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ५ दशमलव ५१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले गुमाएका हुन् ।












