काठमाडौं । आज साताको अन्तिम कारोबार दिन पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटी होटलको १९ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चर २०८५ को १८ करोड ८६ लाख रुपपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ९ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंक डिबेञ्चरका इकाईधनीले ७ दशमलव ७० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ४ दशमलव २२ प्रतिशतका दरले गुमाएका हुन् ।












