काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९ दशमलव ३४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४७ कम्पनीको १ करोड ५१ लाख ९६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको इकाई कारोबार भएको छ । आज यसको ५० करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सोलु हाइड्रोको ३९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको २५ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोतम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ४ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।












